Translated FSS policy

लिकिङ् काउन्टी विकासात्मक अपाङ्गताका लागि समिति

प्रशासनिक नीति पुस्तिका

नीति: पारिवारिक सहयोग सेवा (Family Support Services)

 

बोर्डबाट स्वीकृत: १०/०३

संशोधित: २/०४, १०/०४, ३/०५, १२/११, ८/१६, १२/२०, ८/२१, ९/२२, ११/२२, १२/२३, ९/२४, ९/२५, १२/२५

समीक्षा गरिएको: ३/१४, ९/१४, १२/१५

पृष्ठ: १ /७

दफा: ४.११

 

नीति (POLICY)

लिकिङ् काउन्टी विकासात्मक अपाङ्गताका लागि समिति, जसलाई यहाँ “बोर्ड” भनिएको छ, को नीति भनेको बोर्डको लागि योग्यता पुगेका बालबालिका, वयस्कहरु र उनीहरुको परिवारलाई विकासात्मक अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित आवश्यकताहरु पूरा गर्नका लागि सरसामान, सेवाहरु, र सहायताको स्रोतहरु उपलब्ध गराउने हो । यी स्रोतहरु परिवारको आयस्तर जे जती भए तापनि उपलब्ध छन् । MEORC परिवार सहायता सेवा कार्यक्रमको प्रशासनिक निकाय हो ।

विकासात्मक अपाङ्गता भएका जोकोहीलाई सुरक्षित स्थानमा बस्ने, परिवारको सदस्यको रुपमा जीवनयापन गर्ने, र सामाजिक जीवनमा संलग्न हुनका लागि आवश्यक सहायताको पहुँच पाउने अधिकार छ । उनीहरुले आफ्ना भाइ, बहिनी र अन्य परिवारका सदस्यहरुसँग र उनीहरूको भलाइका लागि प्रतिवद्ध साथीहरूसँग दीर्घकालीन सम्बन्धको अनुभव गर्ने अधिकार पनि राख्छन् । यस्ता परिवारलाई सहयोग गर्न प्रयोग गरिने बोर्डका उपलब्ध स्रोतहरूले निम्न कार्यहरूलाई सहयोग गर्नुपर्छः

क. परिवारका सदस्य र सेवा प्रदायक सहित अन्य सहायता गर्ने व्यक्तिहरु बीचको साझेदारीको संवर्धन गर्नु

ख. प्रत्येक परिवारका आफ्नै सामर्थ्यमा आधारित सहायता निर्माण गर्नु

ग. प्रत्येक परिवारको सामाजिक सम्बन्ध र स्थानीय समुदायमा उपलब्ध स्रोतहरुको उपयोगगर्नु

घ. प्रत्येक परिवारका विश्वास, मूल्य र संरचनाको सम्मान गर्नु

 

योग्यता (ELIGIBILITY)

परिवार सहायता सेवा (FSS) मा योग्य हुनका लागि, बोर्डको सेवाका लागि योग्य कुनै पनि उमेरका परिवारका सदस्यले परिवारसँगै वा आफ्नै घरमा बसोबास गरेको हुनुपर्छ । यसमा नजिकका नातभित्रको बसोबास पर्दछ तर हेरचाह गृह जस्ता स्थान वा फोस्टर केयरको बसाई भने पर्दैन । यस नीतिको प्रयोजनका लागि, “परिवार” भन्नाले विकासात्मक अपाङ्गता भएका व्यक्तिका अभिभावक, दाजु/भाइ, दिदी/बहिनी, पति/पत्नी, छोरा/छोरी, हजुरबा/हजुरआमा, काका, मामा, फुपू, काकी,  मावली पटिको साईनो वा अपाङ्गता भएका व्यक्तिका संरक्षक (Guardian) लाई जनाउँछ । कानुनी वा रगतको सम्बन्ध नभए पनि माथि उल्लेखित भूमिकासँग मिल्दोजुल्दो जिम्मेवारी वहन गर्ने व्यक्तिहरू पनि “परिवार” अन्तर्गत पर्दछन्। परिवार सहायता सेवा कोषको लागि आवेदन प्रत्येक FSS क्यालेन्डर वर्षको डिसेम्बर १ भन्दा अगाडि नै बुझाउनुपर्छ ।

 

यदि परिवारको नजिकको सदस्य बाहेकले हेरचाह गरिरहेको छ र त्यस्तो सहायता हटेमा वैकल्पिक बसोबासको आवश्यकता पर्ने अवस्था हुन्छ भने, हेरचाह गृह (foster care) बाहेकको हकमा त्यस्तो गैर-पारिवारिक सदस्य पनि परिवार सहायता सेवा प्राप्त गर्न योग्य हुनेछन् ।

 

  • सेवा संयोजकहरूले परिवारसँग निरन्तर समन्वयमार्फत आवश्यकताहरू पहिचान गर्न र समाधानका सम्भावित विकल्पहरू खोज्न सहयोग गर्छन्।
  • सर्वप्रथम आवश्यक सेवाहरुको भुक्तानीका लागि परिवारले प्रयोग गर्ने मेडकेड (Medicaid) तथा अन्य संघीय, राज्य र स्थानीय स्रोतहरू खोजिन्छन्। Medicaid कार्डमार्फत खरिद गर्न सकिने सेवा, सहायता, उपकरण वा अन्य आपूर्तिहरुका लागि परिवार सहायता सेवा कोषको प्रयोग गरिने छैन। साथै, यदि कुनै व्यक्त्ति घर र समुदायमा आधारित मेडकेड छुट (Home and Community-Based Medicaid Waiver) मा दर्ता भएको छ भने परिवार सहायता सेवा प्रयोग गरिने छैन ।

 

परिवार सहायता सेवा कोषको स्वीकृत प्रयोग (APPROVED USE OF FSS FUNDING)

यदि भुक्तानी गर्नको लागि कोष उपलब्ध छ र खर्च बोर्डको अन्तिम भुक्तानीकर्ता (Payor of Last Resort) र सार्वजनिक कोषको उपयोग नीति (Use of Public Funds Policies) साथै यस नीतिमा विस्तृत रूपमा उल्लेखित शर्तहरू अनुसार छ भने परिवार सहायता सेवा कोषको लागि परिवारको अनुरोधलाई स्वीकार गरिनेछ। कहिलेकाहीं परिवारले अनुरोध गरेका वस्तुहरुको तस्विर, वस्तुको लागि वेब लिंक वा विवरण मागिन सक्छ। व्यक्ति वा परिवारले अनुरोध गर्नुअघि र अनुरोधको प्रारम्भिक मिति वा SC द्वारा FSS संयोजकलाई अनुरोध ईमेल पठाएको मितिपछि सबै अनुरोधहरु अनुमोदित छन् भन्ने कुरा सुनिश्चित गर्नु पर्छ ।

त्यसपछि अनुरोध खरिद प्रक्रियामा जानेछ वा खरिद गरिने छ । MEORC का FSS संयोकले खरिदका  विकल्पहरुका बारेमा परिवारसँग प्रत्यक्ष रूपमा समन्वय गर्नेछन्। यदि कुनै स्थिति उत्पन्न भयो जहाँ प्रतिपुर्ति (Reimbursement) गर्नुपर्ने अवस्था आयो भने W-9 फारम अनिवार्य मागिनेछ र निदान वा शंकास्पद विकासात्मक ढिलाइसँग प्रत्यक्ष सम्बन्धित मेडिकल परीक्षण र डाक्टरको भ्रमणको को-पे (co-pays) बाहेक अन्यमा भुक्तानी गर्नु अघि उक्त्त फारम फिर्ता गरिनुपर्छ। बिरामी हुँदाको र नियमित स्वास्थ्य जाँच (Sick and well visits) यसमा समावेश छैनन्।  यदि कुनै अवस्थामा व्यक्तिले बेइमानी गरेको पाइएमा, त्यस्ता व्यक्ति कार्यक्रमका लागि अयोग्य हुनेछन् र लागेको खर्च वा भुक्तानी समेत फिर्ता गर्नुपर्ने हुनसक्छ । सबै खर्च रसीदहरु, यात्रा खर्च र रेस्पिट फारमहरु FSS वार्षिक क्यालेन्डरको वर्ष समाप्ति पछिको जनवरी ३१ भन्दा अघि पेश गर्नुपर्दछ ।

  • अल्पकालिन हेरचाह वा रेस्पिट (Respite)

परिवारले हेरचाह प्राप्त गर्ने व्यक्तिको आवश्यकताहरु पूरा गर्नका लागि उपयुक्त प्रदायक चयन गर्ने जिम्मेवारी वहन गर्छन्। अधिकांश अवस्थामा, रेस्पिट प्रदायक परिवारका सदस्य र अन्य परिचित व्यक्ति हुनसक्छन् जो अपाङ्गता भएका व्यक्तिसँग परिचित छन् र हेरचाह वा सेवा प्रदान गर्न इच्छुक र सक्षम छन् । यी प्रदायकहरुलाई “परिवारद्वरा स्वीकृत” (family approved) प्रदायक भनिन्छ । प्रदायक घरमै बसोबास गरेको हुनुहुँदैन र उमेर कम्तीमा १६ वर्षको हुनुपर्दछ । परिवारले रेस्पिट प्रदायकसँग दरका लागि छलफल गर्न सक्छन् । रेस्पिट सेवा सन्तोषजनक रुपमा प्रदान गरिएपछि रेस्पिट फारम FSS संयोजक (MEORC) समक्ष बुझाइनेछ, र त्यसपछि भुक्तानी चेकमार्फत प्रदायक वा विक्रेतालाई पठाइन्छ ।

 

आवश्यकता परेको खण्डमा बोर्डले परिवारद्वरा स्वीकृत प्रदायकलाई विशेष प्रशिक्षणका लागि सम्पर्क गर्नेछ ।

 

  • प्रशिक्षण, परामर्श तथा शिक्षा (Training, Counseling and Education)

परिवारका सबै सदस्यलाई व्यक्तिको विशेष व्यवहार, चिकित्सा, भावनात्मक, चिकित्सकीय, वा व्यक्तिगत आवश्यकता कसरी सम्बोधन गर्ने भनेर परिवारलाई सहायता गर्नका लागि सिप र ज्ञान प्राप्त गर्नका लागि सुविधा प्रदान गरिने सेवाहरु यसमा पर्दछन् । स्वीकृत हुनसक्ने सेवाहरु तल सूचीबद्ध गरिएको छ

१. परामर्श

२. सम्मेलन वा तालिम खर्च (दर्ता शुल्क मात्र; यात्रा वा होटल खर्च यसमा समावेश छैन)

३. स्रोत तथा तालिम सामग्री (जस्तैः साङ्केतिक भाषाका चलचित्रहरू)

४. विद्यालय समय बाहेकको अतिरिक्त पढाइ

 

विज्ञ सिफारिस (Professional Recommendation) : यदि विशेष अपाङ्गतासँग सम्बन्धित शैक्षिक सम्मेलन जस्तो असाधारण अनुरोध छ भने FSS संयोजक (MEORC) को स्वविवेक अनुसार विज्ञ सिफारिसको माग गर्न सकिन्छ । सिफारिस चिकित्सक, मनोवैज्ञानिक विज्ञ, शिक्षक वा अन्य ईजाजत प्राप्त पेशेवरबाट स्वीकृती प्रदान गर्न सकिन्छ ।

 

  • विशेष आहार (Special Diet)

चिकित्सकिय, व्यवहारिक, वा अपाङ्गता अवस्थाका कारण विशेष आहारको आवश्यकताका लागि खाद्य वा उपकरणको खरिदमा सहयोग। स्वीकृत हुनसक्ने खाद्य वा उपकरणहरूः

१. नियमित खाना खान नसक्ने बच्चा वा वयस्कका लागि शिशुले खाने खाना (Baby Food)

२. विशेष फर्मुला वा दूध

३. Ensure वा भिटामिन जस्ता आहार पूरक

४. आवश्यक बनावटको लागि खाना प्रशोधन गर्ने उपकरण

५. विशेष प्लेट, चम्चा आदि

 

विज्ञ सिफारिस (Professional Recommendation) : विशेष आहार अनिवार्य रूपमा चिकित्सक वा आहार विशेषज्ञद्वारा निर्धारण हुनुपर्छ । उपकरण चिकित्सक, आहार विशेषज्ञ वा वाक् चिकित्सक वा व्यावसायिक थेरापिस्टद्वारा खरिद गर्न वा सिफारिस गर्न सकिन्छ

 

  • अनुकूलन उपकरण वा सामग्रीको खरिद (Purchase of Adaptive Equipment/Items)

विशेष उपकरणरवस्तु जुन दिनचर्या सुधार गर्न वा व्यक्तिको हेरचाहलाई सहज बनाउनका लागि आवश्यक छन् । खरिद गर्न सकिने विशेष उपकरण तल सूचीवद्ध छन्:

१. व्हीलचेयरका लागि अनुकूलन आसन

२. बुस्टर कुर्सी (Booster Chairs)

३. व्हीलचेयर वा हिँड्डुलका लागि सहायता हुने उपकरणहरु

४. नुहाइधुवाइका लागि कुर्सी, बाथटब वा शौचालयका लागि रेलिङ, शौचालयका लागि सहज आसन, आदि

५. घरयासी प्रयोगको लागि लिफ्ट, ट्रयाक र लिफ्ट वा ट्रयाकको स्थापनासहित वा भ्यानको लागि व्हीलचेयर लिफ्ट

६. विशेष जुत्ता, ब्रेसेस (braces), AFO’s आदि

७. विकासात्मक वा अनुकूलन खाद्य सामग्री जस्तै सहज काँटा र चम्चा, स्कूपर कचौरा (scooper bowl) र प्रशिक्षण थाली, आदि

८. कम्प्युटरका लागि adaptive add-ons वा जोयस्टिक (joy stics), सञ्चारका उपकरणका लागि v-smile adaptor

९. छारेरोग जस्तो आकास्मिक घटनाबाट सुरक्षित राख्न आवश्यक हेलमेट

१०. ३ वर्षभन्दा माथिका मानिसका लागि डायपर (diapers)*

 

विज्ञ सिफारिस (Professional Recommendation) :  विशेष उपकरणको आवश्यकता सम्बन्धी सिफारिस चिकित्सक, व्यावसायिक थेरापिस्ट, शारीरिक थेरपिस्ट वा वाक् चिकित्सकबाट हुनुपर्छ अथवा व्यक्तिको Individual Support Plan वा Individualized Family Service Plan सँग सम्बन्धित हुनुपर्छ । * Incontinence  सामाग्रीहरुको लागि medicaid अस्वीकृति माग गर्न सकिन्छ । कहिलेकाहीँ, सामान्यतया विकासशील व्यक्तिले प्रयोग गर्ने जस्ता देखिने सामग्रीहरूका लागि पनि सिफारिस माग गर्न सकिन्छ। यस्ता सामग्रीहरू सधैँ तिनीहरू बनाइएको मूल उद्देश्यका लागि प्रयोग गरिँदैनन्। यस प्रकारका अनुरोधहरूको लागि सम्बन्धित इजाजतप्राप्त पेशेवरको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्छ।

 

  • घरको परिमार्जन (Home Modifications)

अनुरोध गरिएको घर वा अचल सम्पत्ति संशोधनले व्यक्तिको घरलाई पहुँचयोग्य बनाउनु पर्छ । स्वीकृत हुन सक्ने घर परिमार्जन तल सूचीवद्ध गरिएको छ :

१. घरको भित्र र बाहिर दुबैतिर र्‍याम्प (ramp) वा अपाङ्गतामैत्री मार्ग

२. व्हीलचेयरका लागि ढोकाहरुको चौडाइ बढाउने

३. दोस्रो वा उपल्लो तलामा सहज पहुँचको लागि chairlift

४. आगलागिमा विशेष अलार्म उपकरण

५. शौचालय वा बाथरुम परिमार्जन

 

विज्ञ सिफारिस (Professional Recommendation) :  विज्ञ सिफारिसको लागि अनुरोध वा समर्थन गर्ने रसिद वा अनुमान पत्र जस्ता कागजात FSS संयोजक (MEORC) को स्वविवेकमा हुनेछ ।

 

  • प्रविधि (Technology)

प्रविधि भनेको विकासात्मक अपाङ्गता भएका मानिसको कार्यात्मक क्षमताहरुलाई कायम राख्न, बढाउन वा सुधार गर्नका लागि प्रयोग गरिने कुनै पनि उत्पादन, उपकरण, संयन्त्र, वा सेवा हो र यो संघीय, राज्य र स्थानीय नियम र विनिय अनुसार प्रयोग गरिन्छ । यसमा मनोरञ्जनका लागि प्रयोग गरिने प्रविधि भने समावेश हुँदैन।

प्रत्येक प्रविधिले कसरी:

(क) व्यक्तिगत स्वतन्त्रता वद्धि गर्न सक्छ;

(ख) व्यक्तिको प्रभावकारी संवाद क्षमतालाई बढाउन सक्छ;

(ग) व्यक्तिलाई उपलब्ध क्रियाकलापहरुमा पहुँच पुर्‍याउन र विशेष व्यक्तिहरुसँग अर्थपूर्ण सम्बन्ध स्थापना गर्नका लागि अवसर विस्तार गर्न सक्छ;

(घ) व्यक्तिलाई रोजगार प्राप्त गर्न वा कायम राख्नका लागि मद्दत गर्न सक्छ; वा

(ङ) दैनिक कार्य र गतिविधिहरुमा स्वतन्त्रता बढाउन वा कायम राख्न मद्दत गर्न सक्छ।

 

विज्ञ सिफारिस (Professional Recommendation) : iPad वा Tablet खरिदका लागि सम्बन्धित इजाजतप्राप्त पेशेवरको सिफारिस अनिवार्य हुनेछ र उक्त सिफारिसमा अनुरोध गरिएको iPad वा Tablet ले सम्बन्धित व्यक्तिको कार्यात्मक क्षमतामा कसरी वृद्धि वा सुधार गर्छ भनेर स्पष्ट व्याख्या हुनुपर्छ। दुई (२) वर्ष उमेर समूहका बालबालिकाको हकमा, iPad वा Tablet खरिदका लागि FSS को प्रयोग गर्नु अघि उपलब्ध भुक्तानी प्रणाली (System of Payment) को खोजी तथा मूल्याङ्कन अनिवार्य रूपमा गरिनुपर्नेछ। iPad तथा Tablet उपकरणहरूको प्रतिस्थापन अवधि तीन (३) वर्षको हुनेछ। बिग्रिएको iPad वा Tablet को हकमा मर्मतका लागि लिखित लागत अनुमान पेश गर्नुपर्नेछ। यसका लागि आवश्यक पर्ने थप कागजातहरु अनुरोध गर्दा परिवारलाई सूचित गरिनेछ।

 

  • अन्य (Other)

अन्य एउटा व्यापक श्रेणी हो जहाँ परिवारले माथि उल्लेखित श्रेणीहरुमा समावेश नभएका सेवाहरुको लागि अनुरोध गर्न सक्छन् । यी अनुरोधहरुको स्वीकृति FSS संयोजक (MEORC) को स्वविवेक अनुसार हुनेछ । योग्यता पुगेका व्यक्तिका लागि सम्भावित स्वास्थ्य र सुरक्षा जोखिम हुने अवस्थामा यी अनुरोधहरुलाई स्वीकृत गरिदैँन ।

 

विज्ञ सिफारिस (Professional Recommendation) : मुखभित्रको गति सम्बन्धि प्रोत्सहान (oral motor stimulation) गर्नका लागि प्रयोग गरिने Z-vies जस्ता कम्पन उत्पन्न गर्ने वस्तुहरु साथै कुनै वजनदार वस्तु (जस्तै : गह्रङ्गो कंबल वा भेष्ट) खरिद गर्नु अगाडि थेरापिस्टको पत्र वा स्वीकृति आवश्यक हुन्छ । यसमा विद्युतीय टूथब्रशहरु भने समावेश छैनन् ।

 

क. विकासात्मक खेलौना वा सामग्री (Developmental Toys or Materials) – त्यस्ता प्रकारका वस्तु जुन बच्चा वा वयस्कलाई सीप सिक्न वा कायम राख्न मद्दत गर्दछ :

१. ज्ञानेन्द्रिय उत्तेजना सम्बन्धि विकास (sensory stimulation development)

२. गति प्रवाह गर्ने साना र ठूला अङ्गको सीपहरुको वृद्धि (increase fine & gross motor skills)

३. अध्ययन कौशल सुधार्न वा कायम राख्न (improve/maintain reading skills)

४. भाषा विकासमा सहयोग गर्न (facilitate language development)

५. कल्पनाशिलता र सृजनात्मकता जस्ता सीप विकास गर्न (develop cognitive skills)

 

ख. क्याम्प / मनोरञ्जन / फुर्सदका क्रियाकलापहरु (Camp/Recreation/Leisure Activities) जसले विकासात्मक अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिक्न वा कायम राख्नका लागि अवसर प्रदान गर्दछ :

१. विशेष ग्रीष्म क्याम्प (Specialized Summer Camp)

२. टोडलर (बालबच्चा) समृद्धि कार्यक्रम (Toddler Enrichment Program)

३. सेफ्टी (सुरक्षा) सहर (Safety Town)

४. युवा खेलकुद संलग्नता (Youth Sports Enrollment), नृत्य र संगीत कक्षा (पोशाक र उपकरण खर्च भने समावेश छैनन्) सम्बिन्धि सदस्यता शूल्क

 

ग. सुरक्षा उपकरण वा सामग्री (Safety Device/Equipment)

१. विद्युतीय आउटलेटका लागि प्लगहरु

२. १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुका लागि मात्र उपलब्धः अरू व्यक्त्तिलाई क्याबिनेटमा जानबाट रोक्नको लागि उपकरणरताला,  ढोकाको नब कभर, झ्याल र ढोकाको अलार्म, आदि ।

यस प्रकारका सीमाना वा नियन्त्रणात्मक उपायहरू समग्र विकास र वृद्धिलाई प्रवर्द्धन गर्ने सकारात्मक रणनीतिहरूसँग संयोजनमा प्रयोग गरिनुपर्छ, र केवल दण्डमा आधारित वातावरण सिर्जना गर्ने उद्देश्यले मात्र प्रयोग गरिनु हुँदैन।

 

परिवार सहायता सेवा कार्यक्रमको प्रयोग स्वीकृत नभएको अवस्थामा (USE OF FAMILY SUPPORT SERVICES PROGRAM NOT APPROVED)

यदि कुनै अनुरोध अस्वीकृत भएमा, सेवा संयोजक (SC) ले अस्वीकृतिको कारण पुनरावलेकन गर्नेछन् र उक्त सेवा किन अस्वीकृत गरिएको हो भन्ने कुरा स्पष्ट रूपमा व्याख्या गर्नेछन्। सेवा संयोजकले व्यक्ति तथा परिवारलाई नीति १.०४  उजुरी समाधान तथा प्रतिकूल निर्णय (Policy 1.04 Complaint Resolution and Appeals of Adverse Action) सम्बन्धी प्रक्रियाको व्याख्या गर्न एक प्रतिलिपि प्रदान गर्नेछन् र अपिल प्रक्रिया सम्बन्धी जानकारी पनि दिनेछन्। तल उल्लेखित सेवा वा सामग्रीहरू स्वीकृत वा प्रतिपूर्ति (Reimbursement) गरिने छैनन्:

क. FSS आवेदन मिति भन्दा अगाडि खरिद गरिएका कुनै पनि सामग्री (आवेदन मिति भन्नाले सेवा संयोजकले FSS संयोजकलाई आवेदन इमेल पठाएको मिति)।

ख. कुनै पनि सेवा वा सामग्री जुन तेस्रो पक्ष स्रोत वा भुक्तानीकर्तामार्फत उपलब्ध छ।

ग. FSS संयोजक (MEORC) ले सम्बन्धित व्यक्तिको स्वास्थ्य वा सुरक्षाका लागि सम्भावित जोखिम मानिएका कुनै पनि वस्तु वा सेवा।

घ. पारिवारिक बिदा वा घुमघामहरू।

ङ. उपयोगिता शुल्कहरू (जस्तै: विद्युत्, पानी, ग्यास आदि)।

च. बन्धकी किस्ता (Mortgage)।

छ. विलासीताका सामग्रीहरू जस्तै: विद्युतिय उपकरणहरू (टेलिभिजन, VCR, DVD, स्ट्रिमिङ सेवा, भिडियो खेल, कम्प्युटर, ल्यापटप आदि), झुला सेट, ट्राम्पोलिन, बाहिरी फर्निचर, पौडी पोखरी, केबल, इन्टरनेट आदि।

ज. सामान्य आवेदन, दर्ता वा गतिविधि शुल्कहरू।

झ. समान उमेरका बच्चा वा वयस्कका लागि सामान्य रूपमा हुने खर्चहरू, जसमा नियमित कपडा वा जुत्ता, शिशुका लागि कोक्रो (crib), स्ट्रोलर, कार सिट, विद्यालय शुल्क तथा सामग्री, शिशु खोप, सामान्य चिकित्सकीय खर्च, क्रिसमस वा जन्मदिनका उपहार, सामान्य फर्निचर वा उपकरण, सवारी साधन, सवारी साधनको मर्मत वा सम्हार, इन्धन तथा बीमा आदि।

ञ. सम्पत्ति वा सामग्रीमा भएको क्षतिसम्बन्धी खर्च।

ट. ग्रीष्मकालीन क्याम्प (summer camp) तथा विद्यालयको नियमित समय बाहेकको अतिरिक्त सिकाई बाहेकका अन्य शैक्षिक सेवाहरू।

ठ. अपाङ्गतासँग सम्बन्धित नभएको घरको मर्मत सम्भार वा यदि सेवाग्राही वा निजका नजिकका परिवारको स्वामित्वमा नभएको घरको खर्च।

ड. सवारी साधन वा सवारी साधनको मर्मत खर्च।

ढ. Project LifeSaver कार्यक्रम परिवार सहयोग सेवा कोषमार्फत स्वीकृत गरिने छैन; तर स्थानीय कोष (Local Funding) मार्फत अनुरोध गर्न सकिन्छ।

 

  • FSS खर्चको कूल बण्डा बोर्डले वार्षिक आधारमा स्वीकृत गर्दछ । बोर्डले प्रत्येक परिवारको प्रतिपुर्ति (reimbursement) गर्ने कुल रकममा सीमा तोक्ने अधिकार राख्दछ । प्रत्येक परिवारलाई छुट्याईने रकम कुल उपलब्ध रकम र सहयोगका लागि अनुरोध गर्ने परिवारहरुको संख्यामा आधारित हुन्छ ।

 

  • जब FSS को वार्षिक बण्डा रकम समाप्त हुन्छ त्यस्तो अवस्थामा कोष पुनः उपलब्ध नहुँदा सम्म थप सेवाहरु स्वीकृत गरिने छैन ।

 

  • Individual Support Plan वा Individual Family Support Plan मा FSS समावेश गरिएको छ । वाइभर (Waiver) मा दर्ता नभएका १८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि FSS बालबालिकाको वार्षिक योजना (annual plan) मा समावेश गरिन्छ ।

 

  • घरको परिमार्जन खर्च जस्ता गैर-रेस्पिट (non-respite) सेवाहरुको लागि प्रतिपुर्ति (reimbursement) सुनिश्चित गर्न परिवारले सेवाहरुमा सहमत हुनु वा प्रदायक वा विक्रेतासँग सम्झौता गर्नु अघि अनुमानित लागत र खर्चको लागि बोर्डबाट पूर्व स्वीकृति प्राप्त गर्नुपर्छ ।